श्रीमतीको हथौडा प्रहारबाट श्रीमानको मृत्यु, श्रीमती पक्राउ

सोमबार, कात्तिक १०, २०८२
honor २२ sept

कैलाली । घरायसी विवादमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । कैलालीको जोशीपुर गाउँपालिका-३ मा  घरायसी विवादमा ३५ वर्षीया सुनितादेवी कठरियाले  आफ्नै ५० वर्षीय श्रीमान् लखनलाल कठरियाको हथौडाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

X7D

कैलाली प्रहरीले दिएको जानकारी अनुसार सुनितादेवीले घरायसी विवाद बढेपछि श्रीमानमाथि हथौडाले हानेकी  थिइन् । हथौडा प्रहारबाट गम्भीर घाइते भएका लखनलाललाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। उनको  उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जानकारी दिएको छ ।

कैलाली प्रहरीको प्रारम्भिक अनुसन्धानमा हथौडा प्रहारबाटै मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा प्रयोग भएको हथौडा बरामद गरिएको जनाएको  छ ।

श्रीमानको हत्या गरेको आरोपमा कैलाली प्रहरीले सुनितालाई हिरासतमा लिएर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ । 

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्