बाँकेबाट सरुवा भएका चार प्रहरी निरीक्षकहरुको बिदाइ

बुधबार, कात्तिक ५, २०८२
Honor 600 pro

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेबाट सरुवा भएका चार जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को बिदाइ गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रशासन शाखा  र मातहतका इन्चार्ज रहेर कार्य गर्दै आफ्नो कार्यकाल पूरा गरेर देशका विभिन्न प्रहरी कार्यालयमा सरुवा भएका उनीहरुको बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँके मातहत रहेको जेष्ठ नागरिक,महिला तथा बालबालिका सेवा केन्द्रमा रहेकी इन्स्पेक्टर शिवा थापालाई बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीको प्रमुख आतिथ्यतामा बिदाइ गरिएको हो। थापाको पोखरास्थित जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको हो।

त्यसैगरि केही दिनअघि इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज इन्स्पेक्टर उपेन्द्र बुढाथोकीको पनि बिदाइ गरिएको हो। बुढाथोकीको प्रहरी वृत्त लैनचौरमा सरुवा भएको छ।

रुकुम पूर्वको इलाका प्रहरी कार्यालय काँक्रीमा सरुवा भएका इन्स्पेक्टर हिमराज बिक र इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज पुर्ण बहादुर केसीको पनि बिदाइ गरिएको हो। केसीको जिल्ला प्रहरी कार्यालय सल्यानमा सरुवा भएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्