सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँकेको कोहलपुरस्थित एक ठुलो जुवाखालबाट प्रहरीले लाखौं रुपैयाँसहित जुवाखालका सन्चालकसहित ११ जना जुवाडेहरुलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा ठुलो जुवा भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर- १५ चौधरीयागाउँबाट गए राति साढे १२ बजे २ लाख ८८ हजार ८३५ रुपैयाँसहित ११ जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरुलाई चौधरीयागाउँमा रहेको लक्ष्मी प्रसाद बोहराको कुखुरा फर्ममा बनाइएको जुवाखालबाट उक्त रकम र खोलिएका ७ र नखोलिएका ७ गडडी ताससहित पक्राउ गरिएको हो।
जुवाखालबाट पक्राउ पर्ने जुवाडेहरुमा लक्ष्मी प्रसाद बोहरा,धन बहादुर परियार,मायाराम थारु,सन्जय चौधरी,राम शेवक थारु,किसन सुनार,सत्यनारायण थारु,खेम बहादुर क्षेत्री,चन्द्रराज गिरी,दिलिप सिंह ठकुरी र दिपेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
पक्राउ परेका जुवाडेहरुलाई हिरासतमा लिएर इलाका प्रहरी कार्यालय कोहलपुरलेले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
जुवातासमा संलग्न जुवाडेहरुको विवरण:
१. जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. १५ चौधरीयागाँउ बस्ने वर्ष ५६ को लक्ष्मी प्रसाद बोहरा ।
२. ऐ.ऐ. १२ निवुवा बस्ने वर्ष ३५ को धन बहादुर परियार ।
३. ऐ.ऐ. १५ चौधरीयागाँउ बस्ने वर्ष ४२ को मायाराम थारु ।
४. ऐ.ऐ. बस्ने वर्ष ३२ को सन्जय चौधरी ।
५. ऐ.ऐ. बस्ने वर्ष ४८ को राम शेवक थारु ।
६. जिल्ला बाँके खजुरा गाँउपालिका वडा नं. ४ बस्ने वर्ष ४० को किसन सुनार ।
७. जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. १५ बस्ने वर्ष ४२ को सत्यनारायण थारु ।
८. ऐ.१२ दाउना बस्ने वर्ष ४७ को खेम बहादुर क्षेत्री।
९. ऐ. ९ हवल्दारपुर बस्ने वर्ष ३८ को चन्द्रराज गिरी।
१०. जिल्ला डोल्पा मुडकीचुला गाँउपालिका वडा नं. ३ स्थायी घर भई हाल जिल्ला बाँके को.न.पा. वडा नं. १४ बैजनाथटोल बस्ने वर्ष ३८ को दिलिप सिंह ठकुरी।
११. जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. १४ बस्ने वर्ष ४० को दिपेन्द्र थापा ।