खजुरामा जुवा खेल्दै गरेको अवस्थामा ५ जना पक्राउ

शनिबार, असोज २५, २०८२
honor २२ sept

बाँके । बाँकेको खजुरास्थित जुवाखालमा प्रहरीले छापा मारेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले खजुरा गाउँपालिका-४ जी गाउँका दिनेश शाहीको बोइलर कुखुरा पालनका लागि बनाइएको घरमा भइरहेको जुवाखालबाट ५ जुवाडेलाई पक्राउ गरेको हो।

आज दिउँसो बाँके प्रहरीले उक्त जुवाखालबाट ४७ हजार ३० रुपैयाँ र खोलिएको र नखोलिएको तासका १-१ थान गड्डीसहित ५ जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। उक्त जुवाखालमा १०-१२ जना रहेको अवस्थामा ५ जनालाई पक्राउ गर्दा अन्य फरार भएको बताइएको छ।

जिल्ला प्रहरी बाँकेका अनुसार पक्राउ पर्नेमा जानकी गाउँपालिका-५ बस्ने.४० वर्षीय कृष्ण चौधरी,खजुरा- ३ बस्ने ३२ वर्षीय शैलेन्द्र कुमार मिश्रा, खजुरा-४ बस्ने ३६ वर्षीय गोपाल बुढा क्षेत्री , खजुरा-४ का ४६ वर्षीय आशिष गुरुङ र  बर्दियाको बढैयाताल गाउँपालिका- ३ बस्ने ५० वर्षीय राजेश गुरुङ रहेका छन् । 

पक्राउ परेका ५ जनालाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गर्दै भोलि म्याद थप गर्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बाँके प्रहरीले केही दिन अघिमात्र नेपालगन्ज -४ स्थित मौरी रेस्टुरेन्टबाट १३ लाख ६३ हजार  बढी नगदसहित १४ जुवाडेलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्