सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । एक युवकको घाँटी रेटेर बीभत्स हत्या गरेर दुई युवकले मृतक युवकको टाउको बोकेर प्रहरी कार्यालय पुगेपछि पक्राउ परेका छन्।
कैलालीको घोडाघोडी नगरपालिका-८ जरैमा २८ वर्षीय केशर बहादुर बुढाको घाँटी रेटेर गरिएको हत्यामा संलग्न आरोपमा १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्ने १८ बलबहादुर बिक र गङ्गा बुढा क्षेत्री सोही वडाकै स्थानीय रहेका छन् । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा शुक्रबार राति खाजा खाने क्रममा भएको आपसी विवाद चर्किएपछि बुढाको हत्या भएको हो ।
बलबहादुर र गंगाले हत्या गरेपछि मृतक केशरको टाउको छिनाएर बोकी सुखडस्थित प्रतिखेत प्रहरी पोष्टमा आत्मसमर्पण गर्न जाँदै गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको कैलाली प्रहरीले जानकारी दिएको छ । प्रहरीले मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखेको छ भने शरीर घटनास्थलमै रहेको जानकारी दिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने यस्तो बीभत्स घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको बताइएको छ।