नेपालगन्जमा यौनधन्दा चलाइएका होटेलमा छापा,४५ जना पक्राउ

शनिबार, असोज २५, २०८२
Honor 600 pro

बाँके ।जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध रुपले होटेलका नाममा चलाइएका यौन अखडामा  छापा मार्दै ३ दर्जनबढीलाई पक्राउ गरेको छ।

बाँकेको नेपालगन्ज-१० स्थित वडा कार्यालय अगाडि रहेको रिभर साइड कटेज, कारकाँदोस्थित मिलन कटेज,नेपालगन्जकै भेरी कर्णाली होटेल र दंगाली होटेलमा छापा मार्दै ४५ जनालाई आपत्तिजनक अवस्थामा फेला पारेर पक्राउ गरेको जिल्ला प्रहरीकार्यालय बाँकेले जानकारी दिएको छ

रेस्टुरेन्ट र होटेलको नाममा यौनधन्दा सन्चालन भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले शुक्रबार दिउँसोदेखि साँझसम्म रेस्टुरेन्ट र होटेल सञ्चालकसहित ४५ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्ने उनीहरुमा  ३१ जना महिला र १४ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

नेपालगन्जमा होटल सञ्चालन गरेको नाममा वेश्यावृत्ति गराउँदै आएको सर्वसाधारणको सुचनालाई पछ्याउँदै पुगेको प्रहरीले ती स्थानहरुबाट अवैध यौन क्रियाकलापमा संलग्न  यौनकर्मीसहित पक्राउ गरेको हो । 

पक्राउ परेका उनीहरुविरुद्ध थप आबश्यक अनुसन्धान जारी रहेको बताएको छ। शुक्रबार पक्राउ कतिपय यसअघि पनि पक्राउ परिसकेको बताइएको छ।

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्