२५ वर्ष जेल सजाय भोगिरहेका थिए खिमबहादुर बिक, जेलबाट भागेर फेरि गरे हत्याको प्रयास

सोमबार, असोज २०, २०८२
Honor 600 pro

दाङ । गत भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका एक जना कैदी फेरि रानी जरुवामा एक जनामाथि  खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका छन् ।

कर्तव्य ज्यान मुद्दामा अदालतबाट २५ बर्ष कैदको फैसला पछि पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका-५ रानीजरुवाका २२ बर्षीय ‘पन्छी’ भनिने खिमबहादुर बिक भदौ २४ गते जेल तोडेर भागेका थिए । तर, खिमबहादुरले असोज ११ गते बुलेका ८ बजेतिर रानी जरुवाका ५३ बर्षीय ब्यक्तिमाथि ज्यान लिने उदेश्यले धारिलो हतियार खुकुरी प्रहार गरेका थिए ।

पीडितले असोज १३ गते खिमबहादुर बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेपछि प्रहरीले सोही दिन नै जिल्ला अदालत घोराहीबाट खिमबहादुरका बिरुद्ध पक्राउ पुर्जी लिएको थियो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार खिमबहादुरको खोजी गर्ने क्रममा उनी असोज १८ गते बेलुकी बिकट मानिने दंगीशरण गाउँपालिका-२ सातखुटी गाउँबाट पक्राउ परेका हुन ।

प्रहरी नियन्त्रणमा रहेका खिमबहादुरमाथि आवश्यक अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १०:१२
प्रतिक्रिया दिनुहोस्