ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ

बुधबार, असोज १५, २०८२
Honor 600 pro

काठमाडौँ। ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ रहेका छन्। उनलाई सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

तामाङलाई काठमाडौँ महानगरपालिका-१० बुद्धनगरबाट नियन्त्रणमा लिइएको हो। ती युवकले प्रहरीलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्