नेपालगन्जबाट २ हजार बढी गोलीका खोकासहित दुई जना पक्राउ

आइतबार, असोज ५, २०८२
Honor 600 pro

बाँके ।  बाँकेमा प्रहरीले ठूलो संख्यामा प्रयोग भएको गोलीको खोकासहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका-३ एकलैनीबाट २ हजार ९६ थान गोलीको खोका सहित एक भारतीय नागरिक सहित २ जना बाँके प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीयले संकास्पद रुपमा हिडिरहका भारतको नानपारका ३५ वर्षीय राजु कुछबन्धिया र बर्दियाको बारबर्दिया-११ गणेशपुरका मोहिनुदिन शेषका साथबाट प्रयोग भइसकेको गोलीको खोका बरामद गरिएको हो।

पछिल्लो केही दिनयता टोलटोलमा चोरी र लुटपाट गर्न आउने धम्कीसहितको सूचना टाँगीएपछि स्थानीय नै सजग भएर आफ्नो टोलको सुरक्षा निगरानी गर्ने क्रममा सो गोलीको खोका बरामद भएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका उनीहरुले त्यति धेरै गोलीको खोका काँहाबाट ल्याएको र कुन उद्देश्यले ल्याएको भन्ने खुल्न सकेको छैन ।थप अनुसन्धान सुरु भएको हुँदा पछि थप विवरण आउँने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्