नेपालगन्जमा एकआपसमा झपड हुँदा एकजनाको मृत्यु,४ जना पक्राउ

शनिबार, असोज ४, २०८२
Honor 600 pro

नेपालगन्ज । नेपालगन्जमा खसी किनबेचका क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ।

नेपालगन्ज महानगरपालिका-५ स्थित बेहना टोलमा खसी किनबेचका क्रममा शुक्रबार राति साढे ९ बजे जाबिर अलि बेहना र सोही स्थानकै मुस्ताक अलि बेहना समेतबिच एकआपसमा झडप हुँदा जाबिर अलि बेहनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार उनको उपचारका क्रममा सञ्जिबनी कलेज अफ मेडिकल साईन्सेज अस्पतालमा मृत्यु भएको हो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मुस्ताकसहित चार जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्