श्रोत नखुलेको साढे ७ लाख नगदसहित तीन जना कोहलपुर प्रहरीको नियन्त्रणमा

सोमबार, भदौ ३०, २०८२
Honor 600 pro

बाँके। बाँकेको कोहलपुरस्थित सालको बुटाबाट श्रोत नखुलेको साढे लाख बढी नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर नगरपालिका-२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार नगदसहित  कोहलपुर नगरपालिका-५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। 

बाँके प्रहरीका अनुसार  इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बा८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ परेका उनीहरुसँग थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। 

 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १८:५२
प्रतिक्रिया दिनुहोस्