प्रदर्शनमा ज्यान गुमाएका प्रहरीको पशुपति आर्यघाटमा अन्त्येष्टि

शुक्रबार, भदौ २७, २०८२
Honor 600 pro

काठमाडौँ । जेन-जी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा ज्यान गुमाउन पुगेका प्रहरीहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

भदौ २४ गतेको प्रदर्शनमा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको मृत्यु भएको थियो। त्यस्तै, कोटेश्वर वृत्तमा कार्यरत सहायक हवल्दार अमृत गुरुङले पनि सोही घटनामा ज्यान गुमाएका थिए।

तीन प्रहरीको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ आर्यघाटमा अन्त्येष्टि गरिएको हो। 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्