कोशी प्रदेशमा आज सार्वजनिक बिदा

बुधबार, साउन २४, २०८०
honor mob  winter sales

विराटनगर । कोशी सरकारले आज सार्वजनिक बिदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिएको हो ।

Honor x7 pad

अगस्त ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीको भावनालाई सम्बोधन गरेर बिदा दिएको प्रदेश सरकारले जनाएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरेरै बिदाको जानकारी दिएको हो। प्रदेश सरकारले दिएको बिदा संघीय सरकार मातहतका निकायमा पनि लागू हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्