साझा प्रजातान्त्रिक प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक

मंगलबार, साउन २३, २०८०
honor २२ sept

नेपालगन्ज । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले आज प्रतिबद्धता-पत्र सार्वजनिक गरेको छ । भदौ २ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक समूहले १८ बुँदे प्रतिबद्धता-पत्र सार्वजनिक गरेको हो । 

X7D

१८ बुँदामा बैंक ब्याजदरको वृद्धि, ऋण प्रवाहमा भएको समस्या को अन्त्य गर्न समन्वयकारी भूमिका खेल्ने, बन्द रहेका उद्योगहरु संचालन गर्ने वातावरणका लागि पहल गर्ने, नेपाल-भारत सीमामा देखिएका व्यापारिक समस्या न्यूनीकरण तथा आयात निर्यातमा भारतीय तथा नेपाली भन्सारद्वारा विभिन्न बहानामा अतिरिक्त शुल्क लगायत दु:ख दिने क्रियाकलापको निराकरणका लागि पहल गर्ने, जडिबुटी निर्यातमा देखिएको समस्या समाधानका लागि पहल गर्ने, कर प्रणालीलाई सहज बनाउन पहल गर्ने, सुख्खा बन्दरगाह शीघ्र संचालनका लागि दबाब दिने, महिलालाई उद्यमीलाई आवश्यक तालिम प्रदान गरी स्वरोजगार बनाउन अभियान चलाउने, बजार क्षेत्रमा पार्किङ व्यवस्थित गर्न उपयुक्त स्थानको पहिचान गर्ने, सार्वजनिक शौचालय निर्माण तथा भएका शौचालय प्रयोगमा ल्याउन स्थानीय सरकारसंग सहकार्य गर्ने, संघको सचिवालयलाई पूर्णरूपमा डिजिटलाइज गर्दै प्रविधिमैत्री र द्रुत सेवामुखी बनाउने, राप्ती नदीस्थित सिधनियाघाटमा शव दाह (लास) जलाउने ठाउँमा उचित व्यवस्थापन गर्ने प्रतिबद्धता समेटिएको छ । 

प्रतिबद्धता-पत्र सार्वजनिक गर्दै अध्यक्षका उम्मेदवार ललितकुमार रौनियारले संघको नेतृत्वमा पुगेकाहरु विगतमा उद्योगी व्यवसायीका सवालमा मौन बसेको भन्दै आफूहरु निर्वाचित भए व्यवसायिक हकहितमा प्रतिबद्ध भएर लाग्ने बताए । उनले संघको नेतृत्वप्रति विगतमा गुमेको विश्वास पुन:स्थापित गर्ने आफ्नो मुख्य उद्देश्य रहेको उल्लेख गरे । उनले खुला सीमामा कारण भोगिरहेको समस्या न्यूनीकरणका लागि पहल गर्ने दृढता व्यक्त गरे । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ  बाँकेका अध्यक्ष संजयकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष सुनिलकुमार शर्मा, नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, नेकपा एकीकृतका केन्द्रीय सदस्य अब्दुल हुसेन खान, राप्रपाका नेपालका केन्द्रिय सदस्य अभय बस्नेत लगायत उम्मेदवार, पत्रकार, शुभेच्छुक लगायत उपस्थित थिए । 

साझा प्रजातान्त्रिक प्यानलबाट अध्यक्षमा रौनियार, उद्योग उपाध्यक्षमा मो. सफिक बेहना बेहाना, बाणिज्यतर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ , महिला उपाध्यक्षमा करिश्मा योगी तथा महासचिवमा टंकप्रसाद शर्मा उम्मेदवार छन् । यस्तै उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै सदस्यहरुमा शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, कैफुल वरा जोलाहा, प्रमोदकुमार अग्रवाल, युवराज ढकाल, सुनिल भण्डारी, पदम श्रेष्ठ, अतुलकुमार गुप्ता र बलबहादुर विष्ट (बबी)  तथा एशोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल उम्मेदवार रहेका छन् । यस्तै एसोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल तथा बस्तुगतर्फ हिमनाथ पौडेल र विनय श्रेष्ठ उम्मेदवार छन्।

प्रतिबद्धता-पत्र

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  २०:१८
प्रतिक्रिया दिनुहोस्