कर्तव्य पालनका क्रममा नेपालगन्जमा कार्यरत सई थापाको निधन

शनिबार, भदौ २१, २०८२
honor mob  winter sales

नेपालगन्ज । कर्तव्य पालनका क्रममा  नेपाल प्रहरीका नायब निरीक्षक (सई)  धनबहादुर थापाको निधन भएको छ।

Honor x7 pad

जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भई हाल  वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत रहेका सई थापाको नेपालगन्ज बजारमा ड्युटी गर्ने क्रममा आज बिहान हृदयघातका कारण निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

आज बिहान ड्युटीमा गएका बेला सई थापा हृदयघात भएर एक्कासी ढलेका उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सक मृत घोषित  गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

मिलनसार र संगठनप्रति कर्तव्यनिष्ठ सई थापा रोल्पाका स्थायीवासी थिए।

मिनेटखबर मृतक सई थापाप्रति भावपूूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्