सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । लागुऔषध नियन्त्रण ब्यूरोले कोहलपुरस्थिर पार्वतीपुरबाट ३३ ग्राम बढी खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
विशेष सूचना पाएर गएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलए जानकी गाउँपालिका-५ वुडियागाउँका ४१ वर्षीय नईम खाँलाई ३३ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनसहित शुक्रबार साँझ पक्राउ गरेको हो।
अपरेशनमा गएको टोलीले खाँको साथबाट उनी सवार भे १० प ३५३५ नम्बरको मोटरसाइकल , एक थान मोबाइल र डिजिटल तराजु समेत बरामद गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
पक्राउ परेका खाँलाई इलाका प्रहरी कार्यालयमा राखेर लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको बताइएको छ।