राष्ट्रिय अनुसन्धान विभाग प्रमुख बन्ने दौड, को-को छन् प्रतिस्पर्धामा?

मंगलबार, भदौ १७, २०८२
honor mob  winter sales

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतमा रहेको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा यही भदौ महिनामा अनिवार्य अवकाश जाँदैछन् ।

Honor x7 pad

विभागमा मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे सेवा अवधिका कारण प्रमुख थप्पा भदौको २९ गते अवकाश जाँदै गर्दा उनकै ब्याचका अन्य दुई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकहरु प्रमुखको दौडमा रहेका छन् । २०५२ सालमा वर्तमान प्रमुख थापासँगै अनुसन्धान विभामा प्रवेश गरेका कन्चनपुरका ओम प्रकाश जोशी र जुम्लाका टेकेन्द्र कार्की मुख्य अनुसन्धान निर्देशकका लागि दाबेदार हुन् । जोशी हालका गृहमन्त्रीका नातेदार हुन् भने कार्की जुम्लाका आम व्यक्ति हुन् । 

विभागको प्रमुखको दाबेदार मानिएका विवादरहित कार्की इन्टेलिजेन्स शाखा र प्रदेश समन्वय विभागका प्रमुख छन्  भने अर्का जोशी प्रशासन विभागका कार्यरत छन् ।देशका विभिन्न भागमा निर्वाध रूपमा विदेशी जासुस एजेन्सी छिरेको र स्वदेशका गुप्तचरी सूचनाको चुहावटलाई नियन्त्रण गर्न र २०८४ भित्र सम्पन्न हुने विभिन्न तहका निर्वाचन सुरक्षासँग पनि  नियुक्तिले सरोकार राख्ने स्रोत बताउँछ ।

२ हजार २६५ कर्मचारी रहेको राष्ट्रिय अनुसन्धान विभागमा कार्की एक सरल र अब्बल अधिकारीका रूपमा चिनिन्छन। कार्की हालसम्म विवादमा मुछिएका छैनन् भने उनले संगठन हाल्ने जिम्मेवारी पाए संगठन चलायमन हुने बताइन्छ।

देशको एकमात्र गुप्तचरी सेवालाई मजबुत बनाउन र  त्यसको संवेदनशीलतालाई दृष्टिगत गर्दै आगामी अनुसन्धान विभाग प्रमुखमा कार्कीको कार्यक्षमताले पक्कैपनि संगठन उनको कमाण्ड पाए झनै चुस्त बन्ने सुरक्षाविद् बताउँछन्।

अतिरिक्त मुख्य अनुसन्धान निर्देशक जोशी र कार्की विभाग प्रमुखक प्रतिस्पर्धी हुँदा अब्बल कार्यक्षमताले कार्कीको स्थित बलियो रहेको स्रोतले बताएको छ । मुख्य प्रतिस्पर्धी रहेका जोशी र कार्की दुवै २०५२ सालमा विभागको इन्स्पेक्टरमा भर्ना भएका थिए । सँगै भर्ना भएका जोशी भन्दा कार्की अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा केही दिनले मात्र पछि भए पनि हालको अनुसन्धान विभागको ऐन, नियमावली र कार्यविधिले विभाग प्रमुख नियुक्तिमा  ज्येष्ठतालाई आधार मानिएको छैन । 

विभागले कार्यसम्पादन, कार्यक्षमता, प्राज्ञिक स्तरलाई आधार मानेको छ । त्यस हालसम्मकै विवादरहित उच्च अधिकृतले चिनिने कार्की त्यस आधरमा धेरै अगाडि छन् । अब्बल कार्की  त्रिभुवन विश्वविद्यालयबाट  जनप्रशासनमा स्नातकोत्तर उपाधिप्राप्त समेत गरेका अनुसन्धान विभागका उच्च अधिकृत हुन्  भने कार्कीले जनप्रशासनमा स्नातकोत्तर उपाधिप्राप्त समेत गरेका अनुसन्धान विभागका उच्च अधिकृत हुन् भने कार्कीले मास्टर अफ साइकोलोजीमा एमफिल गरिसकेका अनुसन्धान विभागका एकमात्र उच्च अधिकृत हुन् ।

आगामी प्रमुख नियुक्तिका लागी प्रधानमन्त्री केपी शर्मा ओली चीन  भ्रमणबाट फर्किएपछि निर्णय गर्ने बताइएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०८:२९
प्रतिक्रिया दिनुहोस्