नक्कली सर्टिफिकेटले अख्तियारको फन्दामा परे राष्ट्रिय अनुसन्धानका एसपी हेमन्त

आइतबार, जेठ २७, २०८१
honor २२ sept

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशकविरुद्ध (एसपी) भ्रष्टाचार मुद्दा दायर गरेको छ।

X7D

अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक हेमन्त चौधरीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर विभागमा जागिर खाएको अभियोगमा आज उनीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।

चौधरीले सेवामा प्रवेश गर्दा पेस गरेको भारतको एक विश्वविद्यालयको स्नातक तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको र उनी बढुवा हुँदा पनि नक्कली प्रमाणपत्र पेस गरेको उनीमाथि आरोप छ।

उप-अनुसन्धान निर्देशक चौधरीविरुद्ध अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्रको दुरुपयोग गरेर सरकारी पद, लाभ र सुविधा लिएको हुँदा उनलाई जेल सजाय र जरिवानाको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

 

 

 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्