राष्ट्रिय अनुसन्धान विभागले खुलायो अधिकृतसहित ९० जनाका लागि जागिर (सूचनासहित)

शुक्रबार, भदौ १३, २०८२

काठमाडौं । नेपालकै एकमात्र गुप्तचर संस्था 'राष्ट्रिय अनुसन्धान विभाग' ठुलो संख्यामा जागिरको आह्वान गरेको छ। विभागले सूचना जारी गर्दै एकैपटक ९० जना जनशक्ति माग गरेको हो ।

राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान नेपाल विशेष सेवाको अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको सूचनामा उल्लेख गरिएको छ।

विभागक अनुसार अनुसन्धान अधिकृत ४० जना र अनुसन्धान सहायक ५० जना माग गरिएको हो।

विभागले भनेको छ-" सूचनामा जारी भए अनुसार तोकिएको योग्यता पूरा भएका उम्मेदवारले असोज १२ गते भित्र र त्यसपछि दोब्बर दस्तुर तिरेर असोज १९ गतेभित्र आवेदन दिन सकिने छ ।"

यस्तो छ सूचना -

 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  ०८:०४
प्रतिक्रिया दिनुहोस्