भेरी अस्पतालमा अव अल्जाइमर्स र पार्किन्सन्सका बिरामीलाई नि:शुल्क सेवा

सोमबार, भदौ ९, २०८२

नेपालगन्ज। भेरी अस्पताल नेपालगन्जबाट अव अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीहरुले निःशुल्क डायलाइसिस पाउने भएका छन् । यसअघि उनीहरुले पैसा तिरेर सेवा लिँदै आएका थिए ।

स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका २०८० अन्तर्गत ती सेवाका लागि भेरी अस्पताललाई सूचिकृत गरिएसँगै सेरोपोजेटिभका बिरामीहरुले निःशुल्क डायलाइसिस सेवा पाउने भएका हुन् । अस्पताल सूचिकृत भएसँगै लामो समयदेखि डायलाइसिस सेवाको खर्च थेग्न नसकेर उपचारमा समस्या भोग्दै आइरहेका उनीहरुलाई ठूलो राहात मिल्ने देखिएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले पर्सि बुधवारबाट सो सेवा सुरु गरिने स्वास्थ्य पेजलाई जानकारी दिए । उनका अनुसार अहिलेसम्म जेष्ठ नागरिक, सिकलसेल तथा थालेसिमिया, सामान्य डायलाइसिस, स्पाइन इन्जुरी, हेड इन्जुरी र मुटुका बिरामीहरुले विपन्न नागरिक औषधि उपचार कार्यक्रमबाट निःशुल्क सेवा लिँदै आएका थिए । यस्तै भेरी अस्पताललाई मिर्गौला प्रत्यारोपण र पेरिटोनियल डायलाइसिसका लागि पनि सूचिकृतको अन्तिम तयारी थालिएको छ ।

सूचिकृत भए मिर्गौला प्रत्यारोपणका बिरामीहरुले भेरी अस्पतालबाटै ७ लाख रुपैयाँ पाउने छन् । सरकारले मिर्गौला प्रत्यारोपणका लागि ४ लाख, औषधि खर्चवाफत २ लाख र अहिले १ ला थप गरेसँगै उनीहरुले ७ लाख पाउने भएका हुन् । महाशाखाले त्यसबारेमा भेरी अस्पतालको अध्ययन प्रतिवेदन तयार पारेर स्वास्थ्य मन्त्रालयमा पठाउने तयारी गरिसकेको छ ।

गएको साउन दोस्रो साता वीर अस्पतालका युरो विभाग प्रमुख समेत रहेका प्रमुख कन्सल्टेन्ट युरोलोजिष्ट डा.रविन बस्नेत नेतृत्वको टिमले अध्ययन गरेको थियो । मानव अंग प्रत्यारोपण केन्द्रसंगको सम्झौतामा मिर्गौला प्रत्यारोपण विज्ञ डा।पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा भेरी अस्पतालमा यसअघि नै मिर्गौला प्रत्यारोपण सेवा सुरु भइसकेको छ । तर भेरी अस्पताल सूचिकृत नभएकाले बिरामीहरुको भेरी अस्पतालमै मिर्गौला प्रत्यारोपण गरिएपनि सेवा पाउनबाट भने बञ्चित थिए ।

यसअघि मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरुले निःशुल्क सेवा प्राप्त गरेपनि सबै खर्च भेरी अस्पताल आफैले व्यहोरेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १९:०६
प्रतिक्रिया दिनुहोस्