जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित नेपालगन्जको जयसपुरका रियाज पक्राउ

शुक्रबार, भदौ ६, २०८२
honor mob  winter sales

नेपालगन्ज । लागुऔषध नियन्त्रण ब्यूरोले बाँकेले ठुलो परिमाणमा खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

खैरो हेरोइनको कारोबार भइरहेको भन्ने विशेष सूचना पाएर गएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोलीले १ सय ग्राम खैरो हेरोइनसहित नेपालगन्ज -१६ जयसपुरका २१ वर्षीय रियाज खानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

आज साँझ ५ बजे खैरो हेरोइनसहित भारतीय नम्बर प्लेटजो मोटरसाइकलमा जाँदै गरेको अवस्थामा जानकी गाउँपालिका-१ बाट रियाजलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागु औषध ब्यूरोको टोलीले रियाजको साथबाट युपी ३२ एनयु ७४३५  भारतीय नम्बर प्लेटको मोटरसाइकल, लागुऔषध जोख्ने डिजिटल तराजु र एक थान मोबाइल बरामद गरेको हो।

१ सय ग्राम खैरो हेरोइनसहित पक्राउ परेका रियाजलाई आबश्यक अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोले बाँके प्रहरी कार्यालयमा बुझाएर थप अनुसन्धान अगाडि बढाइएको बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  २१:५३
प्रतिक्रिया दिनुहोस्