असई नवीन शाही लागुऔषध नियन्त्रण ब्यूरोकै उत्कृष्ट कर्मचारी घोषित

सोमबार, भदौ २, २०८२
honor mob  winter sales

काठमाडौं । प्रहरी सहायक निरीक्षक (असई) नवीन कुमार शाही लागुऔषध नियन्त्रण ब्यूरोतर्फकै देशभरकै उत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका छन् ।

Honor x7 pad

लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय कोटेश्वरले लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जमा कार्यरत असई शाहीलाई संगठनले दिएको जिम्मेवारीलाई उत्कृष्ट तवरले पूरा गरेको भन्दै २०८२ श्रावण महिनाकै देशभरकै उत्कृष्ट कर्मचारी (पुलिस अफ द मन्थ) घोषित गरेको हो।

लागुऔषध नियन्त्रणब्यूरो कोटेश्वरले शाहीले आफूले पाएको जिम्मेवारीलाई व्यावसायीक रुपमा इमान्दारीपूर्वक कार्य सम्पादन गर्ने क्रममा बिभिन्न मितिमा ७२० ग्राम ६२ मिलिग्राम खेरो हेरोइन, ११३ किलो बढी  गाँजा, १९ किलो ३२५ ग्राम अफिम र प्रतिवन्धित औषधि ट्रामाडोल ६०० ट्याब्लेट सहित  २२ जना लागुऔषध बिक्रेता तथा कारोबारीलाई  पक्राउ गर्न सफल भएको जानकारी दिएको छ। 

साथै असई शाही शुकवार मात्रै बाँकेको नेपालगन्ज बसपार्कमा भारतीय लागुऔषध बिक्रेतालाई पक्राउ गर्ने क्रममा घाइते भएका थिए। आक्रमणको प्रतिकारमा शाहीकोसहितको प्रहरी टोलीले लागुऔषध बिक्रेताको खुट्टामा गोली प्रहार गरेर १६५ ग्राम खैरो हेरोइनसहित ४ जनालाई नियन्त्रणमा लिएको हो।

संगठनले दिएको जिम्मेवारी र प्रहरीको व्यवसायिक आचरण भित्र रहेर दिइएको जिम्मेवारी विभागीय मुल्य, मान्यता, आदेश निर्देशनको पालना गर्दै उच्च व्यवसायिक एवं लगनशिल भई कार्य सम्पादन गरेका कारण लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले असई शाहीको कार्य उच्च मुल्याङकन गर्दै कदर स्वरुप श्रावण महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्