आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ

मंगलबार, साउन २३, २०८०
honor mob  winter sales

सल्यान । जन्मदिने आमाको हत्या गरेको अरोपमा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

सल्यानको  शारदा नगरपालिका वडा नं. १३ सल्यानचौरका २३ बर्षीय छोरा नबिन भण्डारीले आफ्नै ४८ बर्षीया आमा शारदा भण्डारीलाई आफ्नै घरमा सुतिरहेको समयमा लाठी प्रहार गरि हत्या गरेको अभियोगमा पक्राउ गरिएको सल्यान प्रहरीले जनाएको छ।

आफ्नै घरको दोस्रो तलामा सुतिरहेकी आमा शारदालाई आज बिहान चार बजेतिर नबिनले लाठी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । बुवा–आमा सुतिरहेको समयमा छोराले आमालाई लाठी प्रहार गरि हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले बिहान ६ बजे त्यसबारे प्रहरीलाई सूचना प्राप्त भएको र साढे ६ बजेतिर आमाको हत्या आरोपी छोरालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्