नेपालगन्जको बसपार्कबाट पेस्तोल र दुई राउण्ड गोलीसहित दुई जना पक्राउ

आइतबार, भदौ १, २०८२
honor mob  winter sales

नेपालगन्ज ।  नेपालगन्जबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार कटुवा पेस्तोलसहित १७ वर्षीय किशोरसहित दुई जनालाई पक्राउ गरेको हो।

Honor x7 pad

जिल्ला प्रहरी मातहत रहेको अस्थायी प्रहरी पोस्ट बसपार्कको टोलए गए राति नेपालगन्ज उपमहानगरपालिका- ४ बसपार्कबाट  एक थान कटुवा पेस्तोल र २ राउण्ड गोली सहित नेपालगन्ज -९  बस्ने १७ वर्षीय किशोरसहित २ जनालाई पक्राउ गरेको हो। 

बाँके प्रहरीका अनुसार पुष्पलाल चोकबाट बसपार्कतर्फ  ने१ ह ४५०२ नम्बरको इ-रिक्सामा आउँदै गरेको अवस्थामा उनीहरुलाई पेस्तोल र गोली पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ परेका दुई जनासँग थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्