गुन्डा नाइके राजु गोर्खाली काठमाडौंबाट पक्राउ

आइतबार, भदौ १, २०८२
Honor 600 pro

काठमाडौं । प्रहरीले काठमाडौंबाट गुन्डा नाइके राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) लाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले राजु गोर्खालीलाई चन्द्रागिरि क्षेत्रबाट पक्राउ गरेको जानकारी दिएको छ।

काठमाडौं प्रहरी परिसरका अनुसार गोर्खालीलाई अन्य मुद्दामा नभइ बैंकिङ कसुर मुद्दा पक्राउ गरिएको हो।

गुन्डा नाइके गोर्खालीलाई प्रहरीले विगतमा  गुण्डागर्दीको आरोपमा पक्राउ गरे पनि उनी रिहा हुँदै आएका थिए।

गोर्खाली  २०७९ सालको प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसबाट सिन्धुपाल्चोक २ मा उम्मेदवार सिफारिसमा समेत परेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्