सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ। यहीँ भदौ २ गते नरैनापुर गाउँपालिका-२ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने नि:शुल्क महिलाहरुको पाठेघरको मुखको क्यान्सर पहिचान तथा बाँझोपन सम्बन्धी स्वास्थ्य शिविर आयोजना हुन लागेको हो।
ग्रामीण क्षेत्रमा महिलाहरुलाई पाठेघरको मुखको क्यान्सरको पहिचानका लागि नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ बाँकेद्वारा पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति स्व.सुशील कोइरालाको ८६ औं जन्मजयन्तीका अवसरमा एक दिने नि:शुल्क शिविर आयोजना गर्न लागिएको हो।
क्षेत्रीय कमिटीको सामाजिक कार्यक्रम अन्तर्गत दुरदराजका महिलालाई घरदैलोमै विशेष सेवा उपलव्ध गराउने योजना अनुरुप नि:शिल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिएका छन् ।
नरैनापुर जिल्लाको सदरमुकाम नेपालगञ्जवाट टाढा रहेको छ भने जिल्लाका अन्य पालिकाको तुलनामा नरैनापुरमा पूर्वाधार विकास, सरकारी निकायको उपस्थिति, शिक्षा, स्वास्थ्य लगायतका सेवाको अवस्था कमजोर रहेको छ । सोही अवस्थालाई दृष्टिगत गरी सो गाउँपालिकाका महिलाहरुका लागि नि:शुल्क पाठेघरको मुखको क्यान्सर पहिचान तथा बाँझोपन सम्बन्धी स्वास्थ्य शिविर आयोजनाका लागि छनोट गरिएको क्षेत्रीय सभापति केसीले बताए।
नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनका नरैनापुर गाउँपालिकाको सहयोग तथा नेपालगन्जस्थित एचसीआरसी अस्पतालको प्राविधिक सहयोग उपलब्ध गराएको नेता केसीले जानकारी दिएका छन्।
भदौ २ गते हुने शिविरमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी टोलीले जाँच गर्ने बताइएको छ।