त्रिभुवन चोकबाट असई शाहको कमाण्डको टोलीले फेरि बरामद गर्‍यो सय ग्राम ब्राउन सुगर,डिलर पक्राउ

शुक्रबार, साउन ३०, २०८२
honor mob  winter sales

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट फेरि ठुलो परिमाणमा लागुऔषधसहित प्रहरीले एक जना लागुऔषध बिक्रेता (डिलर) लाई पक्राउ गरेको छ।

Honor x7 pad

नेपालगन्जको त्रिभुवन चोकस्थित नगर भवनबाट प्रहरी सहायक निरीक्षक (असई)  सुनिल शाहको कमान्डको टोली सहितको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र सुर्खेतको संयुक्त टोलीले त्रिभुवन चोकबाट १ सय ग्राम ब्राउन सुगरसहित ब्राउन सुगर बिक्रेतालाई पक्राउ गरेको हो। 

ब्राउन सुगरका डिलर रसुल 

लागुऔषध कारोबार भइरहेको विशेष सूचना पाएर गएको सहायक निरीक्षक शाहीसहितको टोलीले आज दिउँसो ३ बजेको समयमा नेपालगन्ज-११ त्रिभुवन चोकबाट १ सय ग्राम ब्राउन सुगरसहित नेपालगन्ज-११ बिपी चोक नजिकका ४४ वर्षीय रसुल अहम्मद कवाडियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

त्यस्तै सहायक निरीक्षक शाहको टोलीले बिहीवार साँझ मात्र दाङको तुलसीपुर उपमहानगरपालिका(५ पुलचोकका २७ बर्षीय बिराज बिकलाई ४७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बिकलाई नेपालगन्ज(३ एकलाइनेस्थित मुसाफिर खाना नजिकबाट पक्राउ गरिएको थियो।

४७ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका डिलर बिक

बाँके प्रहरीका अनुसार बिक तुलसीपुर क्षेत्रमा ब्राउन सुगर बिक्री गर्ने व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ भने आज पक्राउ परेका रसुल पनि बिक्रेता हुन् । जिल्ला प्रहरी बाँकेले दाङका बिकलाई ब्राउन सुगर बिक्री गर्ने व्यक्ति रसुल रहेको जानकारी दिएको छ भने ब्राउन सुगर बिक्रेतालाई पछ्याउने क्रममा रसुललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिन सफल भएको हो।

आज दिउँसो मात्रै नेपालगन्ज बसपार्कबाट लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरीको टोलीले १६५ ग्राम खैरो हेरोइनसहित ४ जनालाई नियन्त्रणमा लिएको छ। त्यसक्रममा लागुऔषधका सहायक निरीक्षक नवीन शाहीमाथि लागुऔषध कारोबारी आक्रमण गर्दा प्रतिरक्षाका लागि प्रहरीले गोली चलाउदा भारतीय लागुऔषध कारोबारी कार्तिककुमार घाइते भएका थिए। उक्त लागुऔषध कारोबारीको आक्रमणमा सहायक निरीक्षक शाही पनि घाइते भएका छन् । घाइते असई शाही र लागुऔषध कारोबारीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्