नेपालगन्जमा प्रहरीले भारतीय लागुऔषध कारोबारीमाथि चलायो गोली, लागुऔषध कारोवारि घाइते,४ पक्राउ

शुक्रबार, साउन ३०, २०८२

नेपालगन्ज । बाँकेको नेपालगन्ज बजारमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ।प्रहरीको उक्त अपरेसनमा २६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ।

विशेष सूचनाका आधारमा लागुऔषधको कारोबार भइरहेको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट गएको टोलली नेपालगन्ज-४ बसपार्क नजिक भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा आज दिउँसो पौने २ बजे गोली चलाएको हो।

चार जना  लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा कारोबारीहरुले लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएका असई नवीन शाहीमाथि चक्कु र सिसाको बोटल आक्रमण भएपछि प्रति रक्षाका लागि प्रहरीले गोली चलाएको हो।

प्रहरीले चलाएको गोली लागेर भारतको रुपइडिहाका २० वर्षीय  लागुऔषध कारोबारी कार्तिक कुमार घाइते भएको प्रहरीले जानकारी दिएको छ।  खुट्टामा गोली लागेर घाइते भएका लागुऔषध कारोबारी कार्तिकलाई उपचारका लागि नेपालगन्जस्थित संजिवनी अस्पताल लगिएको प्रहरीले जनाएको छ भने लागुऔषध कारोबारीको आक्रमणमा असई शाही घाइते भएका छन्।

प्रहरीले कार्तिकसहित ४ जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँके जानकारी दिएको छ।पक्राउ पर्नेमा नेपालगन्ज ५ का २२ वर्षीय अमन साह, नेपालगन्ज २२ कै २६ वर्षीय भाइजान अन्सारी , भारतको रुपइडिहाका कार्तिक र सोही स्थानका २० वर्षीय अजयकुमार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीले बरामद गरिएको खैरो हेरोइन र र पक्राउ परेकालाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्