६ करोड बढीको क्रिप्टो कारोबारमा संलग्न ४ जना पक्राउ

शुक्रबार, साउन ३०, २०८२
Honor 600 pro

काठमाडौं । ६ करोड ६ लाख रुपैयाँ बराबरको  क्रिप्टो र हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौंको कालोपुलबाट भारतका ३३ वर्षीय विक्रम जयसवाल , भारतकै ३३ वर्षीय मुन्ना जयसवाल र बाराको महागढीमाई नगरपालिका-३ घर भएका २७ वर्षीय ओम प्रकाश जयसवाल, महागढीमाई-५ घर भएका २५ वर्षीय मनमोहन कुमार सिंहलाई पक्राउ गरेको हो।

विशेष सूचना पाएर गएको प्रहरी टोलीले उनीहरुको साथबाट  १५ लाख ३३ हजार रुपैयाँ  नगद समेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले क्रिप्टो र हुन्डी कारोबारका लागि कालोपुलमा डेरा लिएको खुल्न आएको छ। पक्राउ परेका चारैजना विरुद्ध प्रहरीले हुन्डी र क्रिप्टो सम्बन्धी मुद्दा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १३:०३
प्रतिक्रिया दिनुहोस्