सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नरैनापुर। बाँकेको नरैनापुर गाउँपालिकाको मटेहियामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । संविधान पिता, नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८७औं जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेस बाँकेको आयोजना एवम् नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको सह-आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
काँग्रेसले सामाजिक कार्यक्रम अन्तर्गत दुरदराजका नागरिकलाई घरदैलोमै विशेषज्ञ सेवा उपलव्ध गराउने योजना अनुरुप संविधान पिता स्वर्गीय कोइरालाको जन्मजयन्तीको अवसर पारेर स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
‘बाँकेको नरैनापुर जिल्लाको सदरमुकाम नेपालगञ्जवाट टाढा रहेको र जिल्लाका अन्य पालिकाको तुलनामा नरैनापुरमा पूर्वाधार विकास, सरकारी निकायको उपस्थिति, शिक्षा, स्वास्थ्य लगायतका सेवाको अवस्था कमजोर रहेको छ । सोही अवस्थालाई दृष्टिगत गरी सो गाउँपालिकालाई स्वास्थ्य शिविर आयोजनाका लागि छनोट गरिएको हो’-नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष जागेश्वर बस्नेतले भने।'
स्वास्थ्य शिविरमा बाँकेका केही पालिकाहरु र शिखर हेल्थ केयर एण्ड डाइग्लोष्टिक सेन्टर प्रलिले प्राविधिक सहयोग उपलव्ध गराएको थियो । शिविरमा मूलतः फिजिसियन, रक्तचाप, मधुमेह, मुटुरोग, श्वासप्रश्वास र मृगौला सम्बन्धि रोगहरुको जाँच तथा परामर्श दिइएको जनाइएको छ ।
अध्यक्ष बस्नेतका अनुसार शिविरमा शिखर हेल्थ केयर एण्ड डाइग्लोष्टिक सेन्टर प्रालिका डिएम नेफ्रोलोजिष्ट डा सौरभ सिंह हमाल, कन्सल्टेन्ट फिजिसियन डा प्रतिभा भण्डारी, मेडिकल अफिसर शिवा आले तथा ल्याब टेक्निसियनसहितको स्वास्थ्यकर्मीहरुले उपचार तथा परामर्श सेवा प्रदान गरेका थिए । शिविरमा ५०० बढीको स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।