बर्दियामा ५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बुधबार, साउन २१, २०८२
Honor 600 pro

बर्दिया । बर्दिया प्रहरीले ५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ गरेको छ । 

जिल्लाको बढैयाताल गाउँपालिका-६ खल्ला गाउँका ४२ वर्षीय दिनेश थारुलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

बर्दिया प्रहरीका अनुसार थारुले ती महिलालाई बलात्कार गरेको गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले मंगलबार साँझ उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका थारुलाई इलाका प्रहरी कार्यालय मैनापोखरको हिरासतमा राखेर घटनाबारे थप  आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

 

 

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्