नेपालगन्जबाट प्रतिवन्धित औषधिसहित दुई युवक पक्राउ

शनिबार, साउन १७, २०८२
honor mob  winter sales

नेपालगन्ज। बाँकेको नेपालगन्ज बजार नजिकबाट प्रहरीले  प्रतिवन्धित औषधिसहित दुई युवकलाई पक्राउ गरेको छ।

Honor x7 pad

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले प्रतिवन्धित औषधि ट्रामाडोल र नाईट्रोभ्याटसहित रुकुम पश्चिम्  र दाङका युवकलाई पक्राउ गरेको हो।

प्रतिवन्धित औषधिको खरिद बिक्री भइरहेको विशेष सूचनाका आधारमा गएको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले नेपालगन्ज-१८ बाट  ६००  क्याप्सुल ट्रामाडोल  र  २० ट्याबलेट नाईट्रोभ्याट र ३ थान मोबाइल सहित रुकुमको पश्चिम मुसीकोट नगरपालिका-१ का १९ वर्षीय ईश्वर परियार र दाङकि तुलसीपुर उपमहानगरपालिका- ११ का  १९ वर्षीय महेश बुढाथोकीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

लागुऔषध नियन्त्रण ब्यूरोले शुक्रबार अपराह्नमा पक्राउ गरेका उनीहरुलाई आबश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  ०७:१७
प्रतिक्रिया दिनुहोस्