गुण्डागर्दीविरुद्ध प्रहरीको अपरेसनमा चक्रे मिलनसहित ४७ बढी गुन्डा पक्राउ

शुक्रबार, साउन १६, २०८२
honor mob  winter sales

काठमाडौं । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले गुन्डा नाइके मिलन गुरुङ (मिलन चक्रे) सहित ४७ जना बढीलाई पक्राउ गरेको छ। 

Honor x7 pad

गए राति काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नलाई पक्राउ गर्ने क्रममा महाराजगन्जबाट मिलन चक्रेलाई पक्राउ गरिएको हो। जन्मदिन मनाइरहेका मिलन चक्रेलाई प्रहरीले साम्बाला होटलबाट पक्राउ गरेको हो। 

उपत्यका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गए राति ठमेल र महाराजगन्ज आसपास गुण्डागर्दी तथा अवैध कार्यमा संलग्नहरू रहेकाहरूलाई पक्राउ गर्न ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। 

प्रहरीले साउन १५ को बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न रहेका  युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ चोक स्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

काठमाडौका विभिन्न रेष्टुरेण्ट र नाइट क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि गएराति गुण्डागर्दीविरुद्ध प्रहरीले अपरेसन चलाएको हो।

प्रहरीले पक्राउ परेकाहरू अवैध कार्यमा संलग्न रहेकाहरुविरुद्ध थप अनुसन्धान गर्ने उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  ०८:३४
प्रतिक्रिया दिनुहोस्