नेपाल प्रहरीद्वारा ४६ करोड ५६ लाख रुपैयाँ बढीको राजस्व संकलन

बिहीबार, साउन १५, २०८२
honor mob  winter sales

काठमाडौं ।  नेपाल प्रहरीले आर्थिक वर्ष २०८१-०८२ मा ४६ करोड ५६ लाख ५ हजार ५५१ रुपैयाँ राजस्व संकलन गरेको छ। देशभरमा प्रहरीले गरेको कारबाहीमा एक वर्षको अवधिमा उक्त रकम बराबरको राजस्व संकलन गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

Honor x7 pad

प्रहरी प्रधान कार्यालयका अनुसार गत साउनदेखि असार मसान्तसम्म अदालती फैसला कार्यान्वयनतर्फ ८ करोड ७२ लाख २० हजार ८६० रुपैयाँ बराबरको राजस्व संकलन हुँदा ट्राफिक कारबाहीबाट १२ करोड ८ लाख ४२ हजार ७३८ रुपैयाँ बराबर राजस्व संकलन गरेको प्रधान कार्यालयले जनाएको छ।

त्यसैगरी प्रहरीले ३ करोड ३६ लाख २२ हजार ५६१ रुपैयाँ बराबरक्क अवैध सुन/चाँदी बरामद गरेको छ। एक वर्षको अवधिमा १९ करोड ६७ लाख ४८ हजार २८ रुपैयाँको अवैध सामान बरामद गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीले श्रोत नखुलेको ५३ लाख १८ हजार ५ सय रुपैयाँ बराबद गर्दा अवैध नदीजन्य पदार्थ उत्खननबाट३० लाख ३ हजार १७३ रुपैयाँ राजस्व संकलन गरेको छ।

आ.व. ०८१-०२ मा प्रहरीले २२ लाख ८० हजार ३५० रुपैयाँको अवैध काठ बरामद गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। त्यसैगरी २२ लाख ५० हजार १२१ रुपैयाँको अवैध पशुपंछी, १ करोड ३६ लाख १९ हजार २२० रुपैयाँ बराबरको अवैध मुद्रा बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीको कारबाहीमा एक वर्षमा हुण्डी कारोबारको ७ लाख रुपैयाँ बरामद गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो।

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १७:४७
प्रतिक्रिया दिनुहोस्