लागुऔषध नियन्त्रण ब्यूरोको कारबाहीमा २५ किलो हेरोईन बरामद,१६ सय बढी पक्राउ

मंगलबार, साउन १३, २०८२
honor mob  winter sales

काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोले विभिन्न किसिमका लागुऔषधसहित १६ सय बढीलाई पक्राउ गरेको छ।

Honor x7 pad

लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय कोटेश्वरका अनुसार आर्थिक वर्ष २०८१-०८२ मा देशभरका लागुऔषध नियन्त्रण ब्यूरो कार्यालयबाट खटिएको टोलीले १६ सय ७५ जनालाई पक्राउ गरेको हो। त्यस अवधिमा लागुऔषधसम्बन्धि ११ सय ३२ मुद्दा दर्ता भएको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जानकारी दिएको छ।

आ.व.०८१-०८२ मा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले २५ किलो २३७ ग्राम हेरोईन ,१९ किलो ९१८ ग्राम कोकिन,२८ किलो अफिम, ३२ सय ५० किलो चरेश र गाँजा , २७२ ग्राम एम्फेटामाइन र विदेशबाट तस्करी गरेर ल्याइदै गरेको २  सय ७ किलो गाँजा बरामद गरेको हो।

यसैगरी ब्यूरोले प्रतिवन्धित औषधितर्फ १० लाख २८ हजार १०२ थान ट्रामाडोल क्याप्सुल, ५८ हजार ५७ थान एम्पुल, १ लाख १९ हजार ९८२ थान नाइट्रोभेट ट्याब्लेट बरामद गर्दा ४७ लिटर कोडिन सिरप, ८५४ ग्राम ईफ्रिड्रिन  र १९१ पिस  एलएसडी बरामद गरेको लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय कोटेश्वरले जनाएको छ।

ब्यूरोले अनुरोध गर्दै सम्बन्धित सबैलाई भनेको छ-" लागुऔषध कारोबार , उत्पादन,भन्डारण,ओसारपसार तथा बिक्री वितरण र सेवन गर्नु आपराधिक कार्य हुने भएकाले यस्ता खाले गैरकानुनी कार्य नगर्नका साथै नगराउनुहोला।"

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्