प्रहरीको एसएसपी बढुवा सिफारिसविरुद्ध उजुरी

मंगलबार, साउन १३, २०८२
honor mob  winter sales

काठमाडौं ।  नेपाल प्रहरीका एसपी बिमल बस्नेतले सबैभन्दा पहिलो नम्बरमा  रहदा पनि आफूलाई अन्यायपूर्ण तवरले एसएसपी बढुवामा छुटाइएको भन्दै बढुवाविरुद्ध उजुरी दिएका छन्।

Honor x7 pad

साउन ५ मा गरिएको एसपीबाट एसएसपी बढुवा प्रक्रियामा गलत सिफारिस भएको भन्दै एसपी बस्नेतले उजुरी दिएका हुन् ।

वि.सं.२०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभाग भर्ना भएका बस्नेत केही वर्षपछि प्रहरीमा प्रवेश गरेका बस्नेत आफू एक नम्बरमा रहेको एसपी हुँदा एसएसपी बढुवा सिफारिसमा नपारिएका कारण बढुवा सिफारिस विरुद्ध उजुरी सुन्ने समितिमा उजुरी दिएको प्रहरी प्रधान कार्यालय श्रोतले बतायो।

अनियमितताको आरोपमा निलम्बनमा परेका एसपी बस्नेतलाई ५ वर्ष बढुवा रोक्काको निर्णय गरिएको थियो।  हाल विदेशमा रहेका बस्नेतको बढुवा रोक्काको समय अझै पूरा नभएका कारण बढुवा सिफारिस नगरिएको प्रधान कार्यालय श्रोतले जानकारी दिएको छ। बस्नेतले वारेसमार्फत उजुरी दिएका हुन् ।

साउन ५ मा एसपी तुल बहादुर कार्की, राकेश सिंह, राजिब बहादुर बस्नेत, कमल थापा, प्रबिण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपक पोखरेल, दयानिधी ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाललाई बढुवा सिफारिस एसएसपी बढुवाका लागि सिफारिस गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ०८:३३
प्रतिक्रिया दिनुहोस्