भेरी अस्पतालले मनायो १३५ औं बार्षिकोत्सब

सोमबार, साउन १२, २०८२
honor २२ sept

नेपालगञ्ज ।  नेपालगञ्जस्थित भेरी अस्पताल  आज आफ्नो १३५औं बार्षिकोत्सब मनाएको छ। अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहको अध्यक्षता एवम् प्रतिनिधिसभा सदस्य किशोर सिंह राठौरको प्रमुख आतिथ्यतामा अस्पतालले आफ्नो बार्षिकोत्सब मनाएको हो ।

त्यसक्रममा प्रतिनिधिसभा सदस्य राठौरले भेरी अस्पताल यस क्षेत्रकै पहिचान बोकेको अस्पतालका रुपमा रहेको बताए । उनले अस्पतालले ऐतिहासिक १३५ वर्ष पूरा गरेकोमा बधाई समेत दिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले अस्पतालको प्रगति तथा आगामी योजनाबारे प्रस्तुतिकरण गरेका थिए ।

उक्त कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य माया पुन, मिना सिद्दिकी, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सेवा निवृत्त पूर्व मेसुहरु, २५ वर्ष सेवा अवधि पूरा गरेका स्वास्थ्यकर्मी तथा कर्मचारी लगायतलाई सम्मान समेत गरिएको थियो ।

विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा स्थापना दिवसको अवसरमा भएका विभिन्न अन्य कार्यक्रमका उत्कृष्ट प्रतियोगीहरुलाई पुरस्कृत समेत गरिएको अस्पताल विकास समितिले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १९:५६
प्रतिक्रिया दिनुहोस्