नेपाल प्रहरीमा ५२३ अनिवार्य अवकाश हुँदा २३ सय ६९ जनाद्वारा जागिरबाट राजीनामा

सोमबार, साउन १२, २०८२

काठमाडौं । नेपाल प्रहरीमा जागिर छोडेर जानेको प्रहरी कर्मचारीको संख्यामा २ हजार नाघेको छ। 

आर्थिक वर्ष २०८१-०८२ मा नेपाल प्रहरीको जागिर बाट राजीनामा दिनेको संख्या २ हजार ३६९ जना पुगेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी बिनोद घिमिरेका अनुसार जागिर छाडेर राजीनामा दिनेमध्ये ४ सय १ जना सिनियर प्रहरी अधिकृत हुँदा १९ सय ४९ अन्य दर्जाका रहेका छन् । 

आ.व. २०८०-०८१ मा  ४ हजार ७०३ जना प्रहरी कर्मचारीले जागिर छाडेका थिए ।प्रहरीमा आ.व.०८१-०८२ मा २७ सय १७ जना नयाँ नियुक्ति र पदस्थापन भएको डीआईजी घिमिरेले जानकारी दिएका छन् । 

उक्त अवधिम ७४ सयको बढुवा र पदस्थापन गरिएको र २१  हजार २ सय २४ जनाको सरुवा हुँदा ५ सय २३ प्रहरी कर्मचारी अनिवार्य अवकाशमा गएको घिमिरेले बताए।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्