गैरहाजिर रहेका २२ प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

आइतबार, साउन ११, २०८२

काठमाडौं । आफूखुसी गैर हाजिर हुने प्रहरीका २२ कर्मचारीलाई प्रहरी प्रधान कार्यालय नक्सालले ७ दिनभित्र हाजिर हुन निर्देशन जारी गरेको छ।

लामो समयदेखि गैर जिम्मेवारपूर्वक आफूखुसी बिदामा बसेका १ जना प्रहरी सहायक निरीक्षक,एक प्राविधिक सहायक हवल्दार, १६ जना प्रहरी जवान र दुई कार्यालय सहयोगीलाई ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित हाजिर हुन प्रहरी प्रधान कार्यालय आज निर्देशन दिएको हो।

प्रहरी प्रधान कार्यालय तोकिएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र हाजिर नभए सेवाबाट हटाइन्र र भविष्यमा कुनै पनि सरकारी सेवाबाट बन्चित हुने गरि कारबाही गरिने निर्देशन दिएको हो।

को-को हुन गैरहाजिर हुनेहरु-

 

 

 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्