नेपालगन्जको बेलासपुरमा २२ वर्षीया युवतीको हत्या

शुक्रबार, साउन ९, २०८२
honor mob  winter sales

नेपालगन्ज । नेपालगन्जको वडा नम्बर १२ स्थित बेलासपुरमा एक युवतीको बीभत्स हत्या भएको छ। नेपालगन्ज-१२ मा रहेको सुनाखरी रेष्टुरेन्टकी कर्मचारी २२ वर्षीया निर्मला थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

Honor x7 pad

दैलेख घर भएर विगत ४ वर्षदेखि वीपी चोकस्थित  सुनाखरी रेष्टुरेन्टमा वेट्रेसमा काम गर्दै आएकी  २२ वर्षिया निर्मलाको बेलासपुरमा हत्या भएको प्रहरीले जनाएको छ।

बाँके प्रहरीका अनुसार निर्मलाको नेपालगन्जकै स्वस्तिक कटेजमा क्याप्टेनको रुपमा काम गर्ने बर्दिया घर भएका ३५ वर्षिय प्रकाश सुनारले हत्या गरेका हुन् ।

बुधबार नेपालगन्ज  वडा नम्बर १२ बेलासपुरमा निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरी प्रकाशले निर्मलाको बहिनीलाई 'तिम्रो दिदीलाई मैले मारे' भन्दै फोन गरेका थिए । त्यसपछि उनले आफ्नो सबै साथीभाई र आफन्तलाई भेटेर अब यति हो है भेटघाट भन्दै गएराती २ बजेतिर आफै जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेपछि हत्या भएको कुरा बताएपछि  प्रहरीलेले कोठामा शव भेटाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

निर्मलाको परिवार आज  नेपालगन्ज आएपछि शवको पोस्टमार्टम गरिएको बाँके प्रहरीले जानकारी दिएको छ।

एक श्रीमती सहित एक छोरा र एक छोरी बर्दियामा रहेको अवस्थामा प्रकाशले निर्मलालाई अविवाहित भनेर बताउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जानकारी दिएको छ। 

बाँके प्रहरीले प्रकाशसँग कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  २०:२२
प्रतिक्रिया दिनुहोस्