आरोपीको फोटो र भिडियो सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयको सर्कुलर

बिहीबार, साउन ८, २०८२
Honor 600 pro

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आरोपीहरुको तस्बिर सार्वजनिक नगर्न सबै मातहतका सम्बन्धित प्रहरी कार्यालयहरुलाई सर्कुलर गरेको छ। 

प्रहरी प्रधान कार्यालयको सर्कुलर अनुसार नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको हो।

प्रहरी प्रवक्ता डीआईजी बिनोद घिमिरेका अनुसार आरोपीको तस्बिर र भिडिओ सार्वजनिक गर्दा मानव अधिकारको प्रश्न पनि उठ्ने भएकाले अबदेखि सार्वजनिक नगर्ने भनेर निर्णय भएको हो।

असार १९ मा महान्यायाधिवक्ता कार्यालयमा बसेको समन्वयात्मक बैठकमा प्रहरी प्रमुख आईजीपी दीपक  थापाले यस विषयमा सहमति जनाएका थिए।

प्रहरी प्रधान कार्यालयले साउन ५ मा सर्कुलर जारी भएसँगै देशभरका प्रहरी कार्यालयहरूले आरोपीको फोटो तथा भिडिओ सार्वजनिक गर्न छाडेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्