सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा रेबिज विरुद्धको खोप अभाव भएको छ । सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करुपमा प्रदान गरिने ‘एन्टी रेबिज भ्याक्सिन’ दुई महिनादेखि अभाव रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा. निराजन सुवेदीले बताए ।
"अस्पतालमा जेठ महिनादेखि खोपको मौज्दात सकिएकाले सेवा दिन सकिएको छैन’' डा. सुवेदीले भने ।
कुकरले टोकेपछि लगाइने रेबिज विरुद्धको सुई भेरी अस्पतालले आफैं उपलब्ध गराउने भन्दा केन्द्र र प्रदेशमार्फत प्राप्त भएको डोज (मात्रा) आवश्यकता अनुसार वितरण मात्र गर्दै आएको थियो ।
हाल केन्द्र तथा प्रदेश आपूर्ति केन्द्रमै उक्त खोपको मौज्दात माग अनुसार नभएको जानकारी प्राप्त भएको र अस्पतालमा मौज्दात सकिएकाले खोपको आपूर्ति सञ्चालन नहुञ्जेल निःशुल्क रेबिजविरुद्धको खोप दिन नसकिएको डा. सुवेदीले बताए । अस्पतालमा दैनिक ४०–५० डोज खोप खपत हुने गरेको छ ।
स्वास्थ्य सेवा विभागमा समेत नभएकाले भ्याक्सिनबारे अझै निश्चित नभएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा. सुवेदीले बताए।