बाँकेमा बुवाको हत्या गरेर भागेका छोरा कोहलपुर प्रहरीको नियन्त्रणमा

आइतबार, साउन ४, २०८२
Honor 600 pro

बाँके । बाँकेमा आफनै बुवाको हत्या गरेर भागेका ३२ वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको छ। बैजनाथ गाउँपालिका-२ मकैबारीका ६० वर्षीय बुवा टोप बहादुर रोकायको हत्या गरी फरार भएका ३२ वर्षीय भबिलाल भनिने भुपेन्द्र रोकायलाई कोहलपुर प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार गत असार २१ गते राति घरमा टिभी हेर्ने विषयमा विवाद हुँदा भुपेन्द्रले बुवा टोप बहादुरलाई दाउरा र धारिलो हतियारले हान्दा घटनास्थलमै मृत्यु भएको थियो। 

घटना लगत्तै फरार भएका भुपेन्दलाई प्रहरीले मकैबारीको एक घरमा लुकिछिपी बसेको अवस्थामा आज दिउँसो पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ।

बुवाको हत्या गर्ने छोरा भुपेन्द्रसँग इलाका प्रहरी कार्यालय कोहलपुरले कर्त!ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  २२:२१
प्रतिक्रिया दिनुहोस्