नेपालगन्जबाट १७ ग्राम खैरो हेरोइनसहित २३ वर्षीय अजय खटिक पक्राउ

आइतबार, साउन ४, २०८२
honor mob  winter sales

बाँके ।  लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले नेपालगन्जबाट खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।

Honor x7 pad

लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले १७ गाम खैरो हेरोइनसहित नेपालगन्ज-१४ का २३ वर्षीय अजय कुमार खटिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार शनिबार अपराह्न साढे ४ बजे १७ ग्राम खैरो हेरोइन बोकेर बसेका अजयलाई नेपालगन्ज -१३ नम्बर वडा कार्यालय जाने बाटोम रहेको पेट्रोल पम्प नजिकबाट नियन्त्रणमा लिइएको थियो। उनको साथबाट एक थान मोबाइल समेत मोबाइल बरामद गरिएको छ।

खैरो हेरोइनसहित पक्राउ परेका अजयलाई लागुऔषध नियन्त्रण ब्यूरोले जिल्ला प्रहरी कार्यालयलाई बुझाएर थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ०८:००
प्रतिक्रिया दिनुहोस्