इङ्गल्याण्ड महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा

सोमबार, साउन २२, २०८०
honor mob  winter sales

काठमाडौं ।इङ्गल्याण्ड न्यूजिल्याण्ड र अष्ट्रेलियामा जारी ९ औं  महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

Honor x7 pad

आज भएको अन्तिम १६ अन्तर्गतको खेलमा इङ्गल्याण्डले नाइजेरियालाई  पेनाल्टी सुटआउटमा ४–२  गोलले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो।

निर्धारित ९० मिनेटसम्म पनि कुनैबाट गोल नभएपछि अतिरिक्त समयमा लगिएको खेलमा पनि कुनै गोल नभएपछि खेललाई पेनाल्टी सुटआउटमा लगिएको थियो। जसमा इङ्गल्याण्ड ४-२ गोलले विजयी बनेको हो। 

इङ्गल्याण्डका पाउरे जेम्सले ८७ मिनेटमा रातो कार्ड पाएपनि नाइजेरिया गोल गर्न भने सकेन ।

इङ्गल्याण्डसँगै  यसअघि  जापान ,नेदरल्यान्ड , स्पेन र स्विडेन क्वाटरफाइनलमा पुगिसकेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्