कोहलपुरबाट नक्कली नोट छाप्ने मेसिन, नक्कली नोट र १९ किलो अफिमसहित एक जना पक्राउ

मंगलबार, असार ३१, २०८२
honor mob  winter sales

नेपालगन्ज। बाँकेको कोहलपुरबाट लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले १९ किलो बढी अफिमसहित एक जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त अपरेसनमा  खटिएको टोलीले कोहलपुर नगरपालिका-११ न्यू रोडबाट आज बिहान साढे ९ बजे जनगर्जन नेटवर्क प्रालिका ३७ वर्षीय सन्चालक मान बहादुर सहकारीलाई १९  किलो ३२५ ग्राम अफिमसहित पक्राउ गरेको हो।

लागुऔषधकोठुलो मात्रामा कारोबार भइरहेको विशेष सूचनाका आधारमा सुर्खेत प्रहरीका डीएसपी मोहन जङ्ग बुड थापाको नेतृत्वको नेपालगन्ज लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कपिलवस्तुस्थित शिवराज नगरपालिका-९ घर भएर हाल कोहलपुर ११ बस्दै आएका मान बहादुरलाई  उनकै कोठाबाट उक्त परिमाणको अफिमसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार मान बहादुरको कोठाबाट अफिमसहित  ५१ हजार नेपाली नक्कली नोट , नक्कली नोट छाप्ने मेसिन ,एउटा मोटरसाइकल र एक थान मोबाइल बरामद गरिएको छ। 

केही दिनअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक व्यक्तिलाई नक्कली नोटसहित पक्राउ गर्दा प्रहरीसँगको बयानमा पक्राउ परेका व्यक्तिले कोहलपुरमा साथी रहेको जानकारी दिए पश्चात् डीएसपी थापाको टोली कोहलपुर आएर खानतलासी गर्दा उक्त अफिमसहितका नक्कली नोट लगायतका सामग्री बरामद गरेको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्