वरिष्ठ सई अभय रावतको कमाण्डद्वारा ४४ लाख रुपैयाँ बढीको अवैध सामग्री बरामद

शनिबार, असार २८, २०८२
honor २२ sept

बर्दघाट। पश्चिम नवलपरासीस्थित इलाका प्रहरी कार्यालय बर्दघाटले पिकअप भ्यानसहित  ४४ लाख रुपैयाँ बढीको अवैध भन्सार छलीको सामग्री बरामद गरेको छ।

X7D

इलाका प्रहरी कार्यालय बर्दघाटका निमित्त प्रमुख प्रहरी वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) अभय रावतको कमाण्डमा गएको टोलीले शुक्रबार साँझ  बर्दघाट नगरपालीका-४ टिसीएन चोस्थित पुर्व पश्चिम राजमार्गबाट पिकअप भ्यानमा लैजाँदै गरिएको ठुलो परिमाणको अवैध सामग्रीसहित दुई जनालाई  नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका-३ मलेखुका २८ वर्षीय पिकअप भ्यान चालक चिरञ्जिबी पाण्डे र  भ्यानमा सवार सोही स्थानका ५२ वर्षीय पिताम्बर पाण्डे रहेको प्रहरी वरिष्ठ नायब निरीक्षक रावलले जानकारी दिए।

वरिष्ठ सई रावतका अनुसार शुक्रबार साँझ ६ बजे बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१-०३२च ९३०८ नम्बरको पिकअप भ्यान  चेक जाँच गर्ने क्रममा उक्त भ्यानमा लोड गरिएको २५ लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरिएको हो। 

बरामद गरिएका अवैध सामग्रीमा १२ लाख ४६ हजार ५ सय रुपैयाँ बराबरको १६ सय ६२ पिस कुर्ता सुरबाल, २ लाख १४ हजार ५ सय रुपैयाँको १६ सय ५० किलो केराउ, ७२ हजार रुपैयाँ बराबरको १४४ पिस एडिडास कम्पनी ट्राउजर र ८२ हजार रुपैयाँको १६४ पिस ट्राउजर लाइनिङ, १ लाख १५ हजार ५७० रुपैयाँ बराबरको १८२ पिस डर्मा सिरम रहेको वरिष्ठ सई रावतले जानकारी दिएका छन् ।

त्यसैगरी, साढे ३८ सय रुपैयाँ पर्ने फेसवास, १ लाख ३६ हजार ८ सय रुपैयाँ बराबरको ३ सय ४ पिस डर्मा कोजिक र २०२५ मोडलको वा प्र ०१-०३२च ९३०८ नम्बरको २५ लाख रुपैयाँ बराबरको पिकअप भ्यान गरि जम्मा ४४ लाख ११ हजार २२० रुपैयाँको सामग्री बरामद गरेको रावतले बताए ।

बरामद गरिएको १९ लाख ११ हजार २२० रुपैयाँ बराबरको अवैध सामग्रीसहित पक्राउ परेका दुई जना र नियन्त्रणमा लिइएको २५ लाख रुपैयाँको पिकभ्यानलाई आज आबश्यक कारबाहीका पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयमा बुझाइएको वरिष्ठ सई रावतले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १९:४३
प्रतिक्रिया दिनुहोस्