सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बर्दिया । बर्दियाको कर्णालीपुरबाट प्रहरीले दुई युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका-१ खैरापुरका २२ वर्षीय किरण बिक र सोही स्थानका १९ वर्षीय तारा बहादुर चुनी मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार उनीहरुलाई भारतको सीमावर्ती बजारबाट नेपाल आउँदै गरेको अवस्थामा १६० मिलिग्राम ब्राउन सुगरसहित मैनापोखर प्रहरीले बिहीबार राति १० बजे बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट पक्राउ गरेको हो।
पक्राउ परेका दुबै जनालाई आज जिल्ला अदालत बर्दियाबाट ५ दिनको म्याद लिएर लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।