सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके। बाँकेको खजुरा क्षेत्रबाट प्रहरीले (लागुऔषध) खैरो हेरोइ र ब्राउन सुगरसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ।
खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीको टोलीले खजुरा गाउँपालिका-७ बाट ४५ मिलिग्राम खैरो हेरोइन सहित सोही स्थानका ३२ वर्षीय दुर्जन बर्मालाई पक्राउ गरेको हो।
यसैगरी खजुरा नगरपालिका-४ एफ गाउँबाट ४० मिलिग्राम ब्राउनसुगर सहित कोहलपुर नगरपालिका-१५ बस्ने २१ वर्षीय नागेन्द्र क्षेत्रीलाई इलाका प्रहरी कार्यालय धनौलीले गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले बर्मा र क्षेत्रीलाई मंगलबार राति पक्राउ गरेको थियो।
पक्राउ परेका बर्मा र क्षेत्री इलाका प्रहरी कार्यालय धनौलीले थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।