रवि लामिछानेलाई छुटाउने अभियानमा हस्ताक्षर गर्ने बाँके ट्राफिकका सई खड्का हेडक्वार्टर तानिए

बिहीबार, असार १९, २०८२
honor mob  winter sales

नेपालगन्ज  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अन्याय परे भन्दै छुटाउ अभियानमा हस्ताक्षर गर्दा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षकलाई महङ्गो साबित भएको छ।

Honor x7 pad

सहकारी प्रकरणमा कारागारमा रहेका पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रविलाई छुटाउने अभियानमा देशव्यापी चलाइदै आइएको हस्ताक्षर  अभियानमा सामेल हुँदा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत सई कमल खड्का प्रहरी प्रधान तानिएका छन् ।

उक्त अभियानमा रवि अन्यायमा परेको भन्दै हस्ताक्षर गरेका सई खड्कालाई प्रहरी आचरण विपरीत कार्य गरेको भन्दै असार २२ प्रहरी महानिरीक्षकको सचिवालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। सई खड्काले प्रहरीको बर्दीमै नेपालगन्जको सार्वजनिक स्थानमै रवि छुटाउन अभियानमा हस्ताक्षर गरेको फोटो र भिडिओ सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले याक्सन लिएको हो।

प्रहरी श्रोतका अनुसार सई कमल खड्कालाई आफ्नो बन्दोबस्तीका सबै सामाग्रीसहित सचिवालयमा हाजिर हुन निर्देशन जारी गरिएको हो।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १९:१९
प्रतिक्रिया दिनुहोस्